अमेरिकामा १२ तले भवन भत्किँदा ‘९९ जना बेपत्ता’

0
236

काठमान्डाैं आसाढ़ ११,

अमेरिकाको फ्लोरिडा राज्यस्थित सर्फसाइड सहरमा एउटा १२ तले भवन अचानक भत्किएको छ।

न्युयोर्क टाइम्सका अनुसार घटनामा परी अहिलेसम्म १ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ९९ जना सम्पर्कविहीन छन्।

स्थानीय समयअनुसार बिहीबार मध्यराति साढे १ बजे भवन भत्किएको थियो। भवनबाट बाहिर निस्केका मानिसहरूले भूकम्प आएजस्तो लागेर आफूहरू भागेको बताएका छन्। कतिले त भवनमा मिसाइल हानेजस्तो लागेको बताएका छन्।

सन् १९८१ मा बनेको उक्त भवन किन अचानक किन भत्कियो भन्ने कारण खुलिसकेको छैन। स्थानीयहरूले भवनको पुन:प्रमाणिकरणका लागि केही समयदेखि अनुसन्धान भइरहेको र छेउमै अर्को भवन बनिरहेको बताएका छन्।

उद्धारकर्ताहरूले कुकुर र विद्युतीय उपकरणको सहायताले भवनमा च्यापिएका मानिसहरूको खोजी गरिरहेका छन्। अहिलेसम्म ९९ जना मानिस सम्पर्कविहीन भएकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ।

भवनको भत्किन बाँकी भागमा रहेका मानिसहरूलाई पनि उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। अधिकारीहरूले उद्धार र खोजीको कामसँगै भवन भत्किनुको कारणबारे पनि अनुसन्धान भइरहेको जनाएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोला।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here