एमाले विवाद : कार्यदलको नाम टुंगाउने जिम्मा ओली र नेपाललाई

0
63

काठमाडौँ — एमालेका दुईपक्षबीच भएको वार्ताले कार्यदलको नाम टुंगाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई जिम्मा दिएको छ । शुक्रबार साँझ सिंहदरबारमा भएको दुई घण्टा लामो छलफलमा कार्यदलको नाम सिफारिस गर्ने जिम्मा ओली र नेपाललाई दिइएको हो ।

वार्तापछि नेता भीम रावलले भने, ‘हाम्रो पार्टीको एकता कायम राख्नका लागि गम्भीरपूर्वक छलफल गर्‍यौं । २०७५ को जेठ २ भन्दा अगाडिको कुरालाई आधार मानेर अन्य छलफल अगाडि बढाउने कुरा भयो । त्यो प्रयोजनका लागि ओली र नेपालबीच कार्यदलको सदस्यको नाम तय गर्ने कुराकानी भएको छ ।’

कार्यदल बनाएर पार्टीको आन्तरिक विवाद टुंग्याउन सहमत भएका प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच दोस्रो दिन पनि भेटवार्ता भएको हो ।

वार्तामा ओली पक्षबाट ईश्वर पोखरेल, रामबहादुर थापा विष्णु पौडेल, विष्णु रिमाल थिए । नेपालपक्षबाट नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त वार्तामा बसेका थिए ।

ओलीसँगको वार्ताअघि नेता नेपालले आफू निकट केन्द्रीय सदस्यहरुलाई भर्चुअल बैठकमा पछिल्लो सहमतिबारे जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here