काठमाडौं रेजर्स ले खुकुरी नेपाल सुपर लिग हात पार्दै रच्यो इतिहास :

0
508

आज सम्पन्न भएको खुकुरी नेपाल सुपर लिग को उपाधि काठमाडौंले धनगढीलाई १–० ले हराउँदै च्याम्पियन बनेको हो । काठमाडौंलाई च्याम्पियन बनाउन पहिलो हाफमा विदेशी खेलाडी मेसौके ओलुमोउले गरेको गोल नै निर्णयक बन्यो । उनले खेलको २१औं मिनेटमा गोल गरेका थिए । काठमाडौं लिग चरणमा ३–० ले तथा तथा प्ले अफमा अतिरिक्त समयमा २–१ ले पराजित भएको थियो । धनगढीले जितो लयलाई निरन्तरता दिन नसक्दा उपाधिबाट वञ्चित बन्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा काठमाडौंले पहिलो हाफमा १–० को अग्रता लिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो पोस्ट प्रहारमा काठमाडौंले गोल गर्दै अग्रता लिएको हो । विशाल राईबाट बल खोस्दै विश्वास श्रेष्ठले दिएको पासमा मेसौके ओलुमोउले २१औं मिनेटमा उत्कृष्ट फिनिस गरेका हुन् । जारी लिगमा उनको यो आठौं गोल हो । २१ मिनेटसम्मको पहिलो मुभमा नै काठमाडौंले गोल गर्न सफल भएका हुन् 

२८औं मिनेटमा स्टेफन विनोङ समिरको फ्रिकिक पहिलो बारबाट थोरै बाहिरिदा काठमाडौं अग्रता दोब्बर पार्नबाट चुक्यो । ३९औं मिनेटमा बुद्ध बल तामाङले हेडमार्फत मिलाइदिएको पासमा रुपेश केसीको प्रहार फितलो बन्दा धनगढी बराबरीबाट चुक्यो । ४५औं मिनेटमा तेज तामाङको पासमा मेसौके ओलुमोउले अशोक खवासलाई बिट गर्दै गरेको प्रहार आकासिदा काठमाडौं अग्रता लिनबाट चुक्यो । उनले सुदिल राई खाली रहेको अवस्थामा पास नदिई आँफै प्रहार गरेका थिए ।

४६औं मिनेटमा निशान खड्काको क्रसलाई गोलरक्षक विकेश कुथुले नियन्त्रणमा नसकेको बललाई बुद्ध बल तामाङले प्रहार गरेपनि ढिला हुदा उनको प्रहार फ्लोरेन्ट कोरालाई लाग्दै फर्किदा धनगढी बराबरीबाट चुक्यो । ५१औं मिनेटमा निशान खड्काको कर्नरमा पुजन उपरकोटीले सुवर्ण अवसर खेर फाल्यो ।

५५औं मिनेटमा अशोक खवासले पोस्टमै गरेको प्रहारलाई गोलरक्षक विकेश कुथुले पञ्च गर्दै बचाउँदा धनगढी चुकचुकायो । ६५औं मिनेटमा विश्वास श्रेष्ठकै पासमा स्टेफन विनोङ समिरले फ्रान्कलिन कुटे टाल्लालाई बिट गर्दै गरेको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले डाइभ दिदै बचाए । ७४औं मिनेटमा मेसौके ओलुमोउको फ्रिकिक क्रसबारमा लागेर फर्कदा काठमाडौंले अग्रता दोब्बर पार्न सकेन ।

८९औं मिनेटमा स्टेफन विनोङ समिरले दिनेश राजवंशीलाई बिट गर्दै गरेको प्रहार गोलरक्षक किरणले मुस्किलले बचाए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा स्टेफन समिरले मैदानको मध्यभागबाट गरेको प्रहार सदुपयोग हुन सकेन । अन्तिम समयमा गोलरक्षक किराण चेम्जोङ अगाढि बढेर खेलेको थियो ।

काठमाडौंका राजन गुरुङ खेलको इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैया र निभियाबाट आकर्षक उपहार प्राप्त गरे । काठमाडौंकै फ्लोरेन्ट कोरा प्लेयर अफदि म्याच घोषित भए । उनले २५ हजार रुपैयाँसहित ट्रफी हात पारे ।

उपाधिसँगै काठमाडौंले ३५ लाख रुपैयाँसहित शिल्ड हात पारेको छ । दोस्रो भएको धनगढीले १५ लाख रुपैया प्राप्त ग¥यो । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा ११ बैशाखबाट शुरु भएको एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको थियो ।

राउण्ड रोबिन लिगपछि शीर्ष चार टोलीले प्ले अफ खेल्दै फाइनलसम्म स्थान बनाएको थियो । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here