कोरोना संक्रमण बाट नेकपा एमालेको युवा नेता शंकरको निधन

0
246

इलाम ।

एक हप्ता अघि कोरोना संग्क्रमण भै अस्पताल भर्ना भएको नेकपा एमाले इलामका युवा नेता नवराज शंकरको कोरोना संक्रमणको कारण गएराति निधन भएको छ ।

संक्रमण पुष्टि भएपछि उनी केही दिन होम आइसोलेसनमा बसे, स्वास्थ्यमा समस्या आएपछि उनलाई विराटनगरस्थित विराट नर्सिङ होममा लगिएको थियो । उनको सोही अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

मिजासिलो स्वभावका शंकर इलामका एक कुशल नेता थिए । उनी नेकपा एमाले इलामका कार्यालय सचिव मात्र नभएर विभिन्न संघ-संस्थामा समेत आबद्ध रहेर काम गरिरहेका थिए । उनी जिल्ला बाल संगठन इलाममका अध्यक्ष समेत हुन् । देउमाइ नगरपालिकामा जन्मिएका शंकर इलाम नगरपालिका- ९ का स्थायी वासिन्दा हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here