साहस उर्जा कम्पनीले एक अर्ब 5 करोड बराबरको आइपीओ निस्कासन गर्दै

0
99


साहस उर्जा कम्पनी ले ipo निस्कासन गर्ने भएको छ । यश कम्पनी ले  एक अर्ब पाँच करोड रुपैयाँ बराबरको एक करोड पाँच लाख कित्ता बराबर को आइपीओ निकाल्ने भएको हो । गत चैतमा कम्पनीले आइपओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

आइपीओ निष्काशन अनुमतिका लागि प्रक्रियामा रहेको कम्पनीले बोर्डबाट अनुमति पाउना साथ आइपीओ निष्कासन गर्ने जनाएको छ । उक्त कम्पनीले संङखुवासभामा ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

उक्त आयोजनाको निर्माण लागत करिब ११ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । यस अनुसार आयोजनाको लागत प्रति मेगावाट साढे १३ करोड रुपैयाँ हाराहारी मात्रै रहेको छ ।

वार्षिक ५२० गिगावाट आवर विद्युत ऊर्जा उत्पादन गर्ने आयोजनाले सुख्खायाममा १०० गिगावाट र वर्षायाममा ४२० गिगावाट आवर ऊर्जा उत्पादन गर्ने छ । जसबाट आयोजनाले वर्षायाममा एक अर्ब ९२ करोड र सुख्खा याममा ८४ करोड गरि वार्षिक दुई अर्ब ८६ करोड रुपैयाँको विद्युत बिक्रि गर्ने छ ।

प्रति मेगावाट लागत पनि कम र ऊर्जा उत्पादन पनि आकर्षक रहेको आयोजनाको क्रेडिट रेटिङ पनि सकारात्मक रहेको छ । आयोजनाले इक्रा एनपी बीबीं रेटिङ पाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here