बारा र पर्सा मा मात्रै दैनिकी २ हजार बराबर को सिलिन्डर माग ; आपूर्ति मा मुस्किल

0
241

पर्सा र बारा मा दैनिक कोरोना संक्रमित तिब्र गति मा बढी रहेको तेसैले त्यसैले हस्पिटल मा अक्सिजन को अभाव बढ्दै गएको छ । बारा र पर्सा मा मात्रै दैनिक करिब 2 हजार अक्सिजन सिलिन्डरको माग छ । माग अनुसार अक्सिजन आपूर्ति हुन मुस्किल हुँदै आएको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले अस्थायी कोभिड अस्पताल, आइसोलेसन सेन्टर थपिएकाले अक्सिजको माग बढेको बताए । ठूलो संख्यामा संक्रमित होम आइसोलेसनमा पनि बसेका छन्। बिभिन्न स्थानीय तहले केही दिनयता धमाधम अक्सिजन सिलिन्डरसहितको आइसोलेसन सञ्चालन गरेका छन । अक्सिजन सिलिन्डरको माग अत्यधिक बढेको छ,

उनले भने । पर्सामा मात्रै हाल हिमाल, मधु र नेसनल गरी ३ वटा उद्योगले अक्सिजन उत्पादन गरिरहेको उनले जानकारी दिए । हिमालले १० हजार बढी, मधुले ४ हजार २ सय र नेसनलले १ हजार ६ सय ५० अक्सिजन सिलिन्डर बजारमा वितरण गरेको छ । पौडेलले भने, यस्तो अवस्थामा अक्सिजन सिलिन्डरको अभाव हुँदैन । उचित व्यवस्थापनको खाँचो छ । दुवै जिल्लाको मागभन्दा बढी अक्सिजन पहिलादेखि नै उत्पादन गरिरहेकाले उनीहरूले देशका अधिकांश ठाउँमा अक्सिजन सिलिन्डर वितरण गरिरहेको पौडेलले बताए ।

एक सातामा पर्सा र बाराका उद्योगहरूबाट अक्सिजन सिलिन्डर फिर्ता गराउन थालिएको छ । करीब ४ सय अक्सिजन ग्यास सिलिन्डर सम्बन्धित अक्सिजन उद्योगहरूमा फिर्ता गराइसकेका छौं, उनले भने, तत्काललाई दुवै जिल्लामा अक्सिजन सिलिन्डरको अभाव हुने अवस्था छैन र हालको भन्दा ५ गुणा संक्रमित भए मात्र व्यवस्थापनमा समस्या हुन्छ ।

अस्पतालहरूबाट समयमा सम्बन्धित उद्योगहरूमा सिलिन्डर फिर्ता नजाने र ग्यास उद्योगहरूबाट अस्पताल तथा आइसोलेसन सेन्टरसम्म सिलिन्डर ल्याउने र पुर्‍याउने समस्या रहेको उनले बताए । उनले भने `अक्सिजन नियमित उत्पादन र त्यसको चुस्त दुरुस्त वितरण प्रणाली भए यस भेगमै अक्सिजन सिलिन्डरको अभाव र बिरामीले अक्सिजनको अभावमा अकाल मृत्यु वरण गर्नुपर्ने अवस्था आउने छैन’।

ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर वीरगन्जले मारवाडी सेवा ट्रस्ट वीरगन्जसँगको सहकार्यमा २ साता यता निःशुल्क रूपमा बिरामीलाई घरघरमै अक्सिजन सिलिन्डर र औषधि वितरणको व्यवस्था मिलाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here