कोरोना को उद्गमस्थल चीनलाई पनि उछिन्यो नेपाल ले कोरोना भाइरस : कोभिड बाट मृत्यु हुनेमा

0
260

कोरोनाभाइरस महामारीबाट हालसम्म मृत्यु हुनेहरूको सङ्ख्यामा नेपालले चीनलाई उछिनेको छ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा ४,८५६ जनाको कोभिड-१९ सम्बन्धी कारण मृत्यु भएको छ जुन उत्तरी छिमेकी देश चीनभन्दा बढी हो।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार चीनमा त्यही अवधिमा कोरोनाभाइरसका कारण ४,८४६ जनाको मृत्यु भएको छ।

विभन्न स्रोत बाट संकलन  पारेको रिपोर्ट अनुसार चीनमा प्रति एक लाखमा ०.३ को मृत्यु भएको छ। नेपालमा भने प्रति एक लाखमा १५.९ को मृत्यु भएको छ जुन हाल एशियामै सर्वाधिक सङ्ख्या मध्येमा पर्छ।

सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहान सहरमा निमोनियाका क्लस्टर केसहरू फेला परेका थिए जसलाई पछि गएर कोरोनाभाइरसका रूपमा पहिचान गरिएको थियो।

सन् २०२०को ज्यानुअरी महिनामा कोरोनाभाइरस सङ्क्रमण विभिन्न देशहरूमा फैलिन सुरु भएको थियो।

सन् २०२०को मार्च ११मा विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी महामारी घोषणा गरेको थियो।

चीनको जनसङ्ख्या १ अर्ब ४४ करोड भन्दा बढी छ भने नेपालको जनसङ्ख्या ३० करोडको हाराहारीमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here