५९ (उन्नान्चास)

0
291

पूर्वार्धको पहिलो अध्याय भित्र पहिलो पन्नालाई हेर्ने हो भने तिम्रो एक दिनको परिचय ५९ ले दिएको थियो, सो बखत तिम्रो वजन अमुक किलो। बिस्तारै तीमीले रक्तपिण्ड, मांसपिण्ड र अस्थिपञ्जरका तौल बढाउँदै, घटाउँदै, आफुलाई उभ्याउदै एउटा करेसाको बाटो तय गर्योउ।

सो समय तिमी अमुक बजनको थियौ।उफ्रिदै, दौडदै अर्को साँखु तर्दै गर्दा तिमीले आफू आफैं अचानक भारी महसुस गर्यौउ।

केही बितेका समस पछि।आज उर्वार्ध र उत्तरार्धको बिचमा बसेर थोरै अमुक बिगत, थोरै अमुक बर्तमान र थोरै अदृश्य भविस्य नियाल्दै गर्दा तिम्रो जिवनको वजन यो गद्य जस्तै अमुक वजनको बनेको छ।

पत्यार नलाग्न सक्छ, हैन भने निकालीहेर तौलमापक यन्त्र र जोखिहेर, तन्काएर दुबै खुट्टा, हेरेर आकाश तर्फ, छोडेर श्वास अनि खुम्चाएर पैतालाका चुच्चाहरु, तिम्रो वजन किलो ५९। मात्र

मधुरकबि उपाध्याय, “अष्ट्रेलिया”





LEAVE A REPLY

Please enter your comment!
Please enter your name here