पेन्सन लिन अब बैंक खाता अनिवार्य

0
302

सरकारबाट मासिक रुपमा निवृत्तभरण अर्थात पेन्सन पाउँदै आएका पुर्व सरकारी कर्मचारीहरुले अब अनिवार्य रुपमा बैंक खाता खोल्नु पर्ने भएको छ। राज्यकोषबाट निवृत्तभरण भूक्तानी लिई रहेका निजामती, शिक्षक, प्रहरी र नेपाली सेनाबाट सेवा निवृत्त कर्मचारीहरुका साथै पारिवारिक निवृत्तभरण लिई रहेका सम्पूर्ण निवृत्तभरकहरुलाई मासिक रुपमा नगदै भुक्तानी हुने निवृत्तभरण बैंक खाता मार्फत भुक्तानी हुने भएकोले बैंक आगामी चैत मसान्त सम्म बैंक खाता खोलिसक्न निवृत्तभरण ब्यबस्थापन कार्यालयले जनाएको छ।

नेपालमा हाल करिव २ लाख २१ हजार पुर्व सरकारी कर्मचारीले निवृत्तिभरण पाउदैं आएका छन। हरेक आर्थिक वर्षमा करिव करिब ९ हजार जना सेवा निवृत्त कर्मचारी थपिने गरेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here