चौधरी फाउन्डेसनले आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने

0
254

काठमाडौँ । चोरोना भाइरस को दोश्रो लहर ले सबै क्षेत्र मा असर पारेको छैन कुनै एक देश मात्र नभएर विश्व नै यस भाइरस बाट बिरामी परेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहरबाट  उत्पन्न स्वास्थ्य संकटमा सहयोग पुर्‍याउन चौधरी फाउन्डेसनले आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने बताएको छ ।

फाउन्डेसनले वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने बताएको छ । वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू वार्ड र अस्पतालको नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गर्ने फाउन्डेसनले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकामा एक-एक वटा अक्सिजन प्लान्ट स्थापना गर्ने पनि फाउन्डेसनले बताएको छ ।

फाउन्डेसनले गत वर्ष कोरोना महामारीको पहिलो लहरका बेला आपत्कालीन सहयोग कार्यक्रम अन्तर्गत देशभरका २ सयभन्दा बढी स्वास्थ्य केन्द्रमा पीपीई, सेनिटाइजर, मास्क उपलब्ध गराएको बताएको थियो ।

#nayanewsnepal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here