सात वर्षकी बालिकाले जिमखानामा ८० किलो तौल उठाएपछि…… विश्वभर चर्चित (भिडियो हेर्नुहोस्)

0
196

सात वर्षका बालबालिका आफ्नो विद्यालयको झोला समेत बोक्न सक्दैनन् । यस उमेरका अधिकांश बच्चाका अभिभावक छोरोछोरीको ब्याक बोकेर कतिले त छोराछोरीलाई नै बोकेर विद्यालयसम्म पुर्याउने गर्छन् ।

तर क्यानडाकी रोरी भ्यान नामकी एक सात वर्षीया बालिका वेटलिफ्टिङ खेल्छिन् । उनी भर्खरै मात्र यूएसए अण्डर ११ र अण्डर १३ यूथ नेशनल च्याम्पियन बनेकी छन् । निकै कडा मेहनेत गर्ने ती बालिका संसारकै शक्तिशाली बालिका हुन् । उनी ८० किलोको तौल सजिलै उठाउन सक्छिन् । उनले ६ वर्षको उमेरदेखि वेटलिफ्टिङ गरिरहेकी छन् ।

४ फिट अग्ली रोरीले २ वर्षअघि अर्थात् ५ वर्षको उमेरदेखि नै भारत्तोलनको तालिम लिन सुरु गरेकी थिइन् । यो २ वर्षमै उनले धेरैले कल्पना नै नगरेको कीर्तिमान कायम गरेकी छन् । उनले हालै अमेरिकी भारत्तोलन च्याम्पियनसीप अन्तरगत ३० केजीमुनिको समूहमा अण्डर ११ र अण्डर १३ दुवै उमेर समूहमा राष्ट्रिय च्याम्पियनको उपाधि जितिन् ।

रोरी भन्छिन्, ‘मलाई मजबूत बन्न मन पर्दछ, मैले जेसुकैका लागि प्रयास गर्दछु र त्यसमा सफलता पनि मिलिरहेको छ । यस क्रममा पहिले के भएको थियो र पछि के होला ? भन्ने कुरामा मेरो ध्यान जाँदैन । मैले केही पनि कुरा सोँच्दिन । मेरो दिमाग सफा राख्दछु र केवल आफ्नो काममा मात्र ध्यान राख्दछु ।’

रोरीका बुवा क्याभनले आफ्नी छोरी संसारकै सबैभन्दा बलियो बच्ची रहेको दाबी गर्दछन् । हाल ३ कक्षामा पढ्ने रोरी क्यानडाको राजधानी ओटावामा आफ्ना बुवाआमा तथा भाइसँग बस्छिन् । उनी हप्तामा ९ घण्टा तालिम गर्दछिन् ।

(भिडियो हेर्नुहोस्)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here