‘दि कपिल शर्मा शो’की सुमोना चक्रवर्ती १० बर्षदेखि गम्भीर; जुधिरहेकी छिन्

0
96

सोनी टिभी बाट पर्सारण हुने चर्चित इन्डिएन कमेडी रियालिटी शो ‘दि कपिल शर्मा शो’मा काम गरिसकेकी कलाकार सुमोना चक्रवर्तीले आफू लकडाउनको समयमा वेरोजगार भएको उल्लेख गरेकी छिन् । सामाजिक संजालमा सुमोनाले लकडाउनको समय आफ्नो लागि सहज नभएको उल्लेख गरेकी छिन् ।

आफ्नो मनको कुरा सार्वजनिक गर्दै उनले आफू लकडाउनको समयमा कामविहिन भएको बताएकी हुन् । साथै, उनले आफू १० बर्षदेखि एक गम्भिर रोगसँग लडिरहेको पनि उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन्–‘लकडाउनको समयमा म बेरोजगार भएकी थिएँ । मसँग काम केही पनि थिएनँ । तर, म परिवारको खर्च चलाउन सक्षम छु ।’

सुमोनाले आफू १० बर्षदेखि एक गम्भिर रोगबाट जुधिरहेको पनि उल्लेख गरेकी छिन् । उनका अनुसार, उनी एन्ड्रोमोट्रियोसिस नामक रोगसँग लडिरहेकी छिन् । यो रोग चौथो स्टेजमा रहेको उनले उल्लेख गरेकी छिन् । यसले गर्भाशयमा निकै नै पीडा दिने र यसबाट बच्नका लागि खानपान, व्यायम र तनावविनाको जिन्दगी जिउनु पर्ने उनले उल्लेख गरेकी छिन् ।

सुमोनाले बलिउडमा अब नायक–नायिकाको यूग सकिएको भन्दै राम्रो कथामा काम गर्न चाहेको पनि बताएकी छिन् । उनले आफूलाई साइको वा प्रहरी अफिसर्सको भूमिकामा काम गर्न मन लागेको पनि बताएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here