निषेधाज्ञाभर बैंकहरुले कुनैपनि जरिवाना लिन नपाउने…

0
207

४ जेष्ठ २०७८, मंगलवार

निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरूले कुनैपनी प्रकारकाे जरिवाना लिन नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेकाे हाे ।

त्यसैगरी, राष्ट्र बैंकले निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धि सूचना जारी गर्न नपाउने व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here