सिन्धुलीमा संक्रमितलाई एम्बुलेन्समै राखेर उपचार

0
129

५ जेष्ठ २०७८, बुधबार

सिन्धुली जिल्लामा कोरोना सङक्रमित बिरामी बढदै जाँदा उनीहरुको उपचारको लागि स्वास्थ्य संस्थामा आईसोलेसन बेडको अभाव सुरु हुन थालेको छ ।
सिन्धुली जिल्लामा सुविधा सम्पन्न र सबै भन्दा ठूलो स्वास्थ्य संस्थाको रुपमा रहेको सिन्धुली अस्पतालमा आईसोलेसन बेडकै अभावमा बुधबार एक जना सङक्रमितलाई एम्बुलेन्समा राखेर उपचार गरिएको उक्त अस्पतालले जनाएको छ ।  अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोख्रेलले सिन्धुली अस्पतालमा प्रिआईसोलेसन बेड सात वटा रहेका र उक्त बेड संभावित कोभिडका बिरामीले भरिएपछि एम्बुलेन्समा राखेर उपचार गरिएको बताउनुभयो ।

उहाले भन्नुभयो, ‘सिन्धुली अस्पतालमा कोभिड १९ को शङका लागेका बिरामीलाई भर्ना गरी उपचार गर्नका लागि प्रिआईसोलेसन भनेर सात बेड छुट्याएका छौं । त्यस्ता बिरामी आए भने प्रिआईसोलेसना भर्ना गरी पिसिआर परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएमा पछि कोभिड १९ अस्पतालमा सारेर उपचार गर्दै आएका छौं ।’ अहिले प्रिआइसोलेसन बेड भरिएकाले एउटा बेडमा दुई जना राख्ने गरी एम्बुलेन्समा राखिएको बिरामीलाई प्रिआईसोलेसन बेडमा सारेको पनि अस्पताल विकास समितिका अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।

सिन्धुली अस्पतालको बिरामी भर्ना गरेर उपचार गर्ने क्षमता ५१ बेड भएपनि अन्य बेड प्रसुती लगायत अन्य रोगका बिरामीले भरिदै गएको उक्त अस्पतालले जनाएको छ । अध्यक्ष पोख्रेलका अनुसार सिन्धुली अस्पताल अन्तर्गत रहेको कोभिडका सङक्रमित बिरामी भर्ना गरी उपचार गर्ने कोभिड १९ अस्पतालको क्षमता ५० बेड रहेपनि अहिले २३ जना भर्ना गरेर उपचार भई रहेको छ । कोभिड १९ अस्पतालमा अहिले सङक्रमित मध्ये एक चिकित्सक सहित दुई जनालाई भ्यान्टिलेटरमा राखेर र अरु २१ जनालाई अक्सिजन दिएर भर्ना गरी उपचार भई रहेको उक्त अस्पतालले जनाएको छ । कमलामाइ नगरपालिका–६ शिवनगरमा गत बर्ष निर्माण गरिएको कोभिड १९ अस्पतालमा ४७ जनासम्म कोराना भाइरस सङक्रमित बिरामीलाइ अक्सिजन दिएर भेन्टिलेटरमा राखेर उपचार गर्न सकिने क्षमता भएको जनाएको छ । तर, अहिले जनशक्तिको अभावका कारण २५ देखि ३० जनासम्म मात्रै भर्ना लिएर उपचार गर्न सकिने अस्पताल विकास समितिका अध्यक्ष पोख्रेलले गुनासो गर्नुभयो ।

उहाँका अनुसार उक्त कोभिड अस्पतालमा तीन बेडको आइसियू भने सञ्चालनमा आएको छैन् । सङक्रमितलाइ आवश्यक पर्ने सबै किसिमको सुविधा अत्याधुनिक बेडमै जडान भएको सुविधा उपलबध छ । सङक्रमितलाई चाहिने इयरड्यू, अक्सिजन लगायतका औषधिहरु भर्ना भएको बेडमै जडान हुने भएकाले सुविधा पर्याप्त भएको उहाँको भनाइ छ । अस्पताल विकास समितिका अध्यक्ष पोख्रेलका अनुसार बुधबारसम्म सिन्धुली जिल्लामा कोरोना सङक्रमितको सङख्या ७०७ पुगेको छ । ती मध्ये ८९ जना कोरोना जितेर निको भएर घर गएका छन् । बाँकी मध्ये दुई महिला र २१ जना पुरुष गरी २३ जनाको कोभिड अस्पतालमा भर्ना गरी उपचार भई रहेको छ । जिल्लामा हालसम्म कोरोना सङक्रमणबाट तीन जना महिला र सात जना पुरुष गरी १० जनाको ज्यान गई सेकको छ ।

Source : SAANTIBOT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here