मोरङको रङ्गेली–३ मा घाँटी रेटेर हत्या गरी फालिएको अवस्थामा महिलाको शव फेला

0
281

  मोरङको रङ्गेली–३ स्थित तिलुवा चोक नजिकको नहरमा घाँटी रेटेर हत्या गरेर फालिएको अवस्थामा बुधबार बिहान एक महिलाको शव फेला परेको हो ।

रङ्गेली नगरपालिकाका बेचन यादवकी श्रीमती २४ वर्षीया अनिता यादवको शव फेला परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले तिलुवा चोकनजिकको नहरमा हत्या गरेर फालिएको अवस्थामा अनिताको शव भेटिएको जानकारी दिनुभयो ।

प्रहरीको प्रारम्भिक अनुसन्धनबाट घाँटी रेटेर हत्या गरेपछि शव नहरमा फ्यालेको देखिएको र घटनास्थलमा प्रहरीको विशेष टोली परिचालन गरेर गम्भीर रुपले घटनाको अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले हत्यामा संलग्नको खोजी भइभइरहेको बताएको छ । इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।

खड्का नेतृत्वको टोलीले हत्यामा संलग्नको पहिचान गर्ने प्रयास गरिरहेको छ । प्रहरीलाई शव भेटिएको जानकारी बिहान आठ बजेतिर आएको थियो । कस्ले हत्या गरेको हो चाडै पत्ता लगाउने मोरङ प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here