सर्बोच्च को आदेश ; निषेधाज्ञा अवधिभर करमा जरिवाना नलिनु

0
185

काठमाडौँ । सर्वोच्च अदालतले निषेधाज्ञाको अवधिमा कर नतिरे जरीवाना र हर्जाना नलिन सरकारको नाममा आदेश दिएको छ।

सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काको मंगलबारको एकल इजलासले यस्तो आदेश जारी गरेको हो।

निषेधाज्ञा पूर्णरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सक्नेगरी आवश्यक व्यवस्था मिलाउन पनि सर्वोच्चले आदेश दिएको छ ।

अधिवक्ता सृजना अधिकारी र शैलेन्द्र उप्रेतीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here