कोभिड को बिरामिहरु बाट चर्को शुल्क लिनेगरेको बिरगंज को अस्पतालहरुले -तथ्य सहित

0
199

वीरगञ्ज (पर्सा) ।  देश नै बिरामी परेको छ यो बेला कोरोना अर्थात कोभिड १९ को दोश्रो लहर ले देश पुरै बन्द छ जनता संग यो बेला बिहान बेलुका के खाउ भन्ने पनि छैन केहि मानिस त रोग ले मर्ने भन्दा नि भोक ले मर्ने अवस्था छ यहि बेला कोरोना लागि गयो भने पनि उपचार त टाढै लो कुरा हस्पिटल को नाम सुन्ने बित्तिकै जरो आउच कारण हो हस्पिटल बाट आउने बिल  

 वीरगञ्जमा कोरोना संक्रमितहरुको उपचारको नाममा निजी अस्पतालले लुट्ने काम गरिरहेको रहस्य खुलेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको अवस्थामा निजी अस्पतालहरुले उपचारको नाममा सर्वसाधारण जनतासँग लाखौं रकम लुट्ने काम भइरहेको तथ्य बाहिरिएको छ ।

वीरगञ्जमा सरकारी अस्पतालको रुपमा रहेको नारायणी अस्पतालले मात्रै कोरोना संक्रमितहरुको उपचार धान्न नसकेपछि निजी अस्पतालहरुमा उपचार गराउन पुगेकाहरुलाई अस्पताले विभिन्न किसिमको शुल्क देखाई एकजना विरामीसँग १ देखि ५ लाख रुपैयासम्म असुल्ने गरेका छन् ।

वीरगञ्जमा च्याउ जस्तै दर्जनौंको संख्यामा ठूल्ठूला निजी अस्पतालहरु छन् । कहिले काँकी सानो तिनो सेवा गरेर अनावशयक प्रचारबाजी गर्दै आएका निजी अस्पतालहरुको असली चरित्र कोरोना महामारीको समयमा देखा परेको छ ।

विभिन्न जिल्लाहरुमा सरकारले निजी अस्पतालहरुलाई पनि आफ्नो निगरानीमा लिएर संक्रमितहरुको उपचार गर्दै आएको छ । कोरोना महामारीको समयमा वीरगञ्जका अस्पतालहरुलाई अहिले दशैं दिवाली नै लागेको जस्तो भएको छ ।

स्थानीय निकाय एवं प्रशासनले निजी अस्पताललाई आफ्नो मातहतमा लिएर संक्रमितहरुको उपचार गर्नुपर्नेमा स्थानीय निकाय एवं प्रशासनको कमजोरीका कारण निजी अस्पतालका सञ्चालकहरुले अहिले कसरी बढी भन्दा बढी लुट्न सकिन्छ भन्ने मनसायतर्फ उन्मुख भएको देखिन्छ ।

वीरगञ्ज–१४ बहुअरीस्थित स्पर्श मल्टी स्पेशलिटी हस्पिटलले कोरोना संक्रमितको तीन दिनको उपचारका लागि ६९ हजार ४ सय १० रुपैया असुलेको छ । अस्पतालले आईसीयूको एक दिनको शुल्क १५ हजार रुपैयाँको दरले ३ दिनको ४५ हजार, आइसुलेशन वार्डको १५ सयको दरले ४५ सय, एकदिनको अक्सिजन चार्ज २५ सयलगायत विभिन्न शुल्कको नाममा संक्रमितलाई ३ दिनमा ६९ हजार ४ सयको बिल थम्याएको छ ।

यस अस्पताल केही महिना अघि मात्रै सञ्चालनमा आएको हो, भने यसको सञ्चालक डा. महेश्वर कुर्मी हुन् । त्यस्तै, समाजसेवीको ‘उपमा’ पाएकी डा. लक्ष्मी थापाको ‘प्रभु’ अस्पताल पनि महामारीमा नटवरलाल प्रमाणित भएको छ । बेला बेखत आफूलाई समाजसेवी बताउँदै विभिन्न कार्यक्रममा सम्मान थाप्दै आएकी डा. थापाको अस्पताल ‘प्रभु अस्पताल’ ले कोरोना संक्रमित उपचारको नाममा ८ दिनको बसाईमा १ लाख ९६ हजार ७ सय असुलेको छ ।

अस्पतालले संक्रमितलाई उपचारपश्चात दिएको बिलमा सि.नं. १ मा बेड शुल्क फ्रि भनिएको छ भने त्यही सि.नं. ७ मा बेड शुल्क भनेर ५४ हजार रुपैया असुली गरिएको छ । यसैगरि ८ दिनको अक्सिजन शुल्क १ लाख १ हजार रुपैया असुलेको छ भने नर्सिङ्ग केयर ९ हजार, नेबुलाइजेशन ५ हजार २ सय, डाक्टर राउण्ड शुल्क १८ हजार ५ सय, कोभिड किट १३ हजार ५ सय र भर्ना शुल्क २५० रुपैया गरि २ लाख १ हजार ४ सय ५० रुपैयाँमध्ये ४ हजार ७ सय ५० रुपैया छुट गरि १ लाख ९६ हजार ७ सय रुपैया असुली गरेको छ ।

यो त उदाहारणको पात्र मात्रै हो, वीरगञ्जमा च्याउ जस्तै रहेका निजी अस्पतालहरुले वर्तमान महामारीको बखत उपचारको नाममा कसरी बढी भन्दा बढी असुली गर्न सकिन्छ भन्ने मनसाय मात्रै बनाएको देखिन्छ । पहिला बेड खाली नरहेको भनेर भर्ना नै नलिने, लिएपनि एक दिनको बेड शुल्क १० देखि १५ हजार लिने सहमति गर्ने, त्यसमा पनि पहिला नै ५० हजारदेखि १ लाखसम्म डिपोजिट गराईलिने जस्ता घृणित कार्यहरु गर्दै आएका छन् ।

बखत यहाँका निजी अस्पतालहरुले उपचारको नाममा सर्वसाधारणलाई लुट्ने, ठग्ने जस्ता कार्यहरु गर्दै आएका छन् । यसबारे पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले निजी अस्पतालले बढी पैसा लिएको भन्नेबारे व्यापक गुनासो आएकोले बुधबार (आजै) सम्पन्न डीसीसीएमसीको बैठकबाट यसबारे विशेष छलफल भएको बताए ।

उनले छलफलको क्रममा जिल्ला प्रशासनसहित विभिन्न निकायका प्रतिनिधिहरुको टोली निजी अस्पतालहरुको अनुगमन गर्ने, उपचारमा लापरवाही भए एवं बढी पैसा लिएको प्रमाणित भए तत्काल निर्देशनसहित कारवाही प्रक्रिया अगाडि बढाइने बताइने निर्णय भएको बताए ।

कोरोना संक्रमितहरुको उपचारको लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँग सम्झौता भएका अस्पतालले मात्रै निःशुल्क उपचार गर्ने एवं अन्य निजी अस्पतालहरुले यसको मापदण्डभित्र रहेर उपचारको शुल्क लिने नियम रहेको भएतापनि यहाँका केही निजी अस्पतालहरुले बढी पैसा असुलेकोले सकेसम्म भोलिबाटै अनुगमन कार्य शुरु गरिने बताए ।

वीरगञ्जमा रहेका निजी अस्पतालहरुमध्ये नेशनल मेडिकल कलेजको अस्थायी कोभिड अस्पताल (बाबा होटल) ले मात्रै नेपाल सरकारसँग सम्झौता गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here