मास्कले यसरी गर्छ आँखामा समस्या !

0
221

कोभिड रोकथाम र नियन्त्रणका लागि मास्कको प्रयोग महत्वपूर्ण मानिन्छ । तर, लगातार मास्कको प्रयोग गर्दा विभिन्न समस्या निम्तिरहेका हुन्छन् । जस्तै, मास्कले छोपिने छालामा एलर्जी आउने, चस्मा बाफले भरिने, छालामा इरिटेसन हुने । पछिल्लो समय सर्जिकल मास्क, एन–९५ र कपडाको मास्क लगातार प्रयोगले आँखा सुक्खा हुने समस्या पनि देखिन थालेको छ ।

मास्कले यसरी आँखामा समस्या गर्छ

पछिल्लो समय मास्कको प्रयोगबाट आँखामा सुक्खापन देखिने नयाँ समस्या देखिएको छ । मास्क लगाउँदा के कारणले आँखा सुक्खा हुन्छ भन्ने तथ्य अनुसन्धानकै क्रमका छ । सामान्यतः मास्क लगाउँदा हावा सजिलै बाहिर आउन सक्दैन, मास्क कसिलो लगाउने व्यक्तिमा श्वास फेर्दा हावा आँखानजिक हुँदै जान्छ, जसले वाष्पीकरणलाई प्रोत्साहित गर्दछ । फलस्वरूप सासले आँखालाई समस्या गर्छ । मास्कसँगै प्लास्टिक फेस मास्क र पिपिईजस्ता सामान प्रयोग गर्ने व्यक्तिमा सासले आइलिडलाई प्रभाव पारिरहेको हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here