चोरीएको फिल्मको अर्को भागमा अभिनय गर्दिन : सुरक्षा पन्त

0
284

शर्ट फिल्म ‘मन बार’ हुबहु कपि गरिएको थाहा भएपछि अभिनेत्री सुरक्षा पन्तले आफुलाई धेरै दु:ख लागेको बताएकी छन् । बिहिवार शोसल मीडियामा लेख्दै पन्तले चोरीको भन्ने पहिले जानकारी भएको भए आफुले काम नै गर्ने थिइन भनेकी छन् ।

हालसालै मैले काम गर्न पुगेको एउटा छोटो सिनेमा कुनै हिन्दी छोटो सिनेमाको हुबहु कपी रहेको कुरा थाहा पाएपछी मलाई धेरै दुख लागेको छ । पहिले जानकारी भएको भए पक्कै पनि काम गरिदैन्थ्यो होला । कुनै आइडिया मन परेर काम गरिन्छ अनि यस्तो गलत हर्कतले गर्दा आफ्नो काम प्रति कहिलेकाही मन खुम्चिन पुग्छ । ब्यक्तिगत रुपमा, आइडिया हुबहु कपी गर्ने कुराको घोर बिरोधी हुँ म ।

 त्यसैले अनविज्ञ भइ यस माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु । तर, फेरी यो नदोहोरिएला भन्न सकिन्न । इन्टरनेटको सम्पुर्ण कन्टेन्ट हेरिसकेको पनि भइदैन । सायद काम गर्नु अघि कलाकार वा अन्य टिमले कन्टेन्ट कपी हो वा होइन भन्ने प्रश्न राख्न कसरी सक्ला लेखकको सम्मानमा ठेस नपुर्याइ? सोच्नुपर्ने कुरा हो यो । ‘ उक्त छोटो सिनेमाको पार्ट २ बनाउने कुरा उठेको र म त्यस्मा काम नगर्ने मनसायमा पुगेको छु’ ।

यो पाठ हो, केवल मैले होइन सम्पुर्ण टीमले मनन गर्न जरुरी छ । अर्को एउटा महत्वपुर्ण पाठ: टिमले राम्रो काम गरेको छ भन्ने कुरा पहिले कलाकारहरुबाट थाहा हुन्छ भने टिमले काम राम्रो नगरेको कुरा पनि कलाकारबाटै थाहा हुने हो । त्यसैले कलाकारहरु एकदम इमान्दार रहन जरुरी छ । रहनु उनकै लागि उपस्थितीले उनका समर्थकलाई निराश बनाउने नै भयो, आलोचकलाई टिप्पणीको एउटा मसला बन्ने देखिन्छ’ 

मन बार’मा हिन्दी फिल्म ‘नामर्द’को स्क्रिप्ट हुबहु चोरिएको छ । जयेश मेस्ट्रीले लेखेको कथा, संवाद र निर्देशक उदय कामतले लेखेको पटकथालाई अनुवाद गरी रुपेन्द्र खड्गीले गर्वसाथ आफ्नो नाममा कथा, पटकथा र संवाद राखेका छन् । नेपाली फिल्मलाई जीवन शाहीले निर्देशन गरेका छन् । नेपाली फिल्ममा सुरक्षाको साथमा कोशिस क्षेत्रीले अभिनय गरेका छन् ।

‘नार्मद’ सन् २०२० फ्रेबुअरी २० मा रिलिज भएको थियो । उक्त चलचित्रले सन् २०१८ को माई थाने सर्ट फिल्म फेस्टिभलमा दुईवटा अवार्डसमेत जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here