यिनै हुन् २५ वर्षीय युवा अधिवक्ता जस्ले चट् पारिदिए ७ नेताको मन्त्री पद ..

0
365

६ जेष्ठ २०७८, बिहीबार

सर्वोच्च अदालतले संघीय संसदको सदस्य नरहेका सात जना मन्त्रीको नियुक्ति बदर गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले बिहीबार पूर्व संघीय संसदको सदस्य नरहेका मन्त्रीहरुको नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो।

नेकपा विवादमा माओवादीमा नफर्की एमाले बसेका गृहमन्त्री रामबहादुर थाप, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका छन्।

अधिवक्ता कपिल देव ढकाल र रविराज थापाले सात मन्त्रीको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

आदेशमा भनिएको छ, “नेपालको संविधानको धारा ७८ को उपधारा १,२,३ को व्यवस्था, संविधानको मूल मर्म र भावनको विपरीत भएको देखिँदा त्यो निवेदनको अन्तिम टुङ्गो नलागेसम्म यसरी प्रत्यर्थीहरुलाई मन्त्री बनाउन सिफारिश गरी नियुक्ति गरिएको र शपथग्रहणलगायतका कार्यहरु संविधान अनुकूल नरहेकोले मन्त्रीको हैसियतमा कुनै पनि कामकारवाही नगर्नू, गर्न नदिनू ।”

नेपालको संविधानको धारा ७८ (१) मा संघीय संसद्को सदस्य नरहेको व्यक्तिले मन्त्री पदको शपथ खाएको ६ महिनाभित्र संघीय संसद्को सदस्यता लिनुपर्ने व्यवस्था छ । सोही धाराको उपधारा १ बमोजिम नियुक्त मन्त्रीले ६ महिनाभित्र संसद्को सदस्यता प्राप्त गर्न नसकेमा तत्काल कायम रहेको प्रतिनिधिसभाको कार्यकालभर पुनः मन्त्री पदमा नियुक्तिका लागि योग्य नहुने भनिएकाले सात मन्त्रीको नियुक्ति संविधानको भावना विपरीत रहेको अदालतले ठहर गरेको छ ।

आदेशमा मुद्दाको अन्तिम किनारा नलागेसम्म सात मन्त्रीको पद स्वतः रिक्त भएको छ । सर्वोच्च अदालतको गत फागुन २३ को फैसलापछि सात नेतादृ नेकपा(माओवादी केन्द्र)मा नफर्की नेकपा(एमाले)मा प्रवेश गरेका र सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्मा शपथ लिएका थिए ।

सिन्धुपाल्चोक घर भएका २५ वर्षीय युवा अधिवक्ता विराज थापाले पूर्व माओवादीका ७ जना नेताको मन्त्री पद चट् पारिदिएका हुन् । अधिवक्ता विराज थापा अखिल क्रान्तिकारी भक्तपुर जिल्ला संयोजक समेत हुन् । उनले ल क्याम्पसबाट बीए एलएलबीको पढाइ पूरा गरेका छन् । उनी हाल भक्तपुर बस्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here