बरु प्रधानमन्त्रीका रुपमा लौरो उभ्याउँ, संविधान चाहिँ जोगाऔँ – डा. भट्टराई

0
247

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल वैकल्पिक सरकार दिन आह्वान गरेका छन् ।

‘लौरो उभ्याएर भए पनि ७६ (५)को वैकल्पिक सरकार दिउँ ! आजै गरौं, अहिल्यै गरौं !’ डा. भट्टराईले ट्वीट गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि आज साँझ पाँच बजेसम्मको समयसीमा दिएपछि पूर्वप्रधानमन्त्री भट्टराईले यो धारणा सार्वजनिक गरेका हुन् ।

संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो भन्दै भट्टराईले जे गरेर रक्षा हुन्छ त्यही गर्न भनेका छन् । संविधान÷लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्ने उनको चिन्ता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here