मुलुकभर ८ हजार ६०७ जना नयाँ कोरोना संक्रमित थपिए, १७७ को मृत्यु

0
68

काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार ६०७ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २३ हजार २२६ जनाको पीसीआर–एन्टिजेन परीक्षण ८ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२२ हजार ३५३ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ८ हजार ४०७ र ८ सय ७३ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार ६०७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here