एमाले कार्यदलमा हस्ताक्षर दुरुपयोग भएको भन्दै भनाभन कार्यदलको बैठक एजेन्डामै प्रवेश नगरि सकिएको छ ।

0
109

सत्तारुढ दल नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक एजेन्डामै प्रवेश नगरि सकिएको छ । 

शुक्रबार सिंहदरबारमा बसेको बैठक अर्को मिति तय गरेर फेरि बस्नेगरी सकिएको एमाले संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले जानकारी दिए ।   

यसैबीच आजको बैठकमा नेताहरुबीच आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै भनाभन भएको छ । 
स्रोतका अनुसार बैठकमा नेता माधवकुमार नेपाल पक्षले प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफुहरुको हस्ताक्षर लगेर दुरुपयोग गरेको विषय उठाएका थिए । 
नेपाल पक्षबाट कार्यदलका रहेका नेताहरुले केही नेताहरुले आफूहरुको हस्ताक्षरको दुरुपयोग भएको भन्दै आपत्ति जनाएका थिए । 

कार्यदलमा नेपाल पक्षबाट भीम रावलको संयोजकत्वमा ५ र केपी ओेली पक्षबाट सुवास नेम्वाङको संयोजकत्वमा ५ गरी १० जना सदस्य छन् । setopati

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here