सूर्याको फिल्म ‘सोरारई पोटरु’ले राख्यो वर्ल्ड रेकर्ड

0
304

काठमाडौं । साउथ सुपरस्टार सूर्या अभिनीत फिल्म ‘सोरारई पोटरु’ फिल्मले रिलिजसँगै वर्ल्ड रेकर्ड बनाएको छ यो । फिल्म सन् २०२० मा रिलिज भएको हो । ‘सोरारई पोटरु’ आइएमडिबीमा सबैभन्दा बढी रेटिङ पाउने तेस्रो फिल्म बन्न सफल भएको छ ।

फिल्मलाई १० मा ९.१ रेटिङ मिलेको छ । फिल्मले ‘दि सशांक रिडेम्सन’ (९.२) र ‘गडफादर’ (९.१) पछि तेस्रो स्थान हासिल गरेको हो । फिल्मका निर्देशक सुधा कोन्गरा हुन् । यो फिल्म बनाउन उनलाई २ वर्षको समय लागेको थियो ।

अमेजन प्राइम भिडियोमा रिलिज भएको फिल्ममा परेश रावल र अपर्णा बालमुरली, मोहन बाबू, उर्वशीको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । आम मानिसलाई एकदमै कम शुल्कमा हवाई सेवा दिने सपना बोकेर हिँडेको एक भारतीय वायूसेवाका रिटायर्ड क्याप्टेनको कथा फिल्मले वाचन गरेको छ । तमिल भाषामा निर्माण भएको फिल्मको हिन्दी भर्सन पनि अमेजनमा उपलब्ध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here