प्रधानमन्त्री ले देशमा निरंकुश कदम चालिरहेको छन् यसको हिसाब जनताले राम्रैसँग राख्नेछन् – प्रचण्डकाे सचिवालय

0
336

काठमाडौँ । प्रतिनिधिसभा विघटनप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाउँदै जनताले हिसाब राख्ने बताएका छन् । उनको सचिवालयले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली संविधान र लोकतान्त्रिक गणतन्त्र मन नपराउनेहरुको गोटी बनेको र राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसैलाई साथ दिएको टिप्पणी गरेको छ ।

बहुमतको सरकारका लागि दाबी पेश भए पनि राष्ट्रपतिले त्यसलाई खारेज गर्दै प्रधानमन्त्रीको चाहना बमोजिम संसद विघटन गरेको सचिवालयको ठहर छ । प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयको तर्फबाट भनेकी छन्, १ सय ४९ जना बहुमत सांसदको हस्ताक्षर सहितको नयाँ सरकार बनाउने स्पष्ट विकल्प हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरेर ओलीले जनमतको अपमान गरेका छन् ।

उनले भनेकी छन्, संविधानको धज्जि उडाउँदै जनमतको अपमान गर्दै बारम्बार संसद बिघटन गर्ने निरंकुश केपी ओली संविधान र लोकतान्त्रिक गणतन्त्र मन नपराउनेहरुको गोटी बनेका छन् । नेपाली जनता धेरै सचेत भइसकेका छन्, यसको हिसाब राम्रै सँग राख्नेछन् ।

साथै संसद विघटनको यस कदमको सबै गणतन्त्र पक्षधरहरुले आ–आफनो ठाउँबाट प्रतिवाद गर्न समेत सचिवालयद्वारा आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here