निषेधाज्ञा अबधी भर कुनै पनि आइपिओ निस्कासन नहुने – नेपाल धितोपत्र बोर्ड

0
298

काठमाडौं । निषेधाज्ञा जारी भएसम्म कुनै पनि आईपीओ नआउने भएका छ । अहिलेको अवस्थालाई मध्यनजर गर्दै धितोपत्र बोर्डले आईपीओ निष्कासन नगर्ने भएको हो ।

डिम्याट लिएका मध्ये पनि तर धेरै जनाले मेरो शेयरको सुविधा नलिइएकाले पनि निषेधाज्ञा जारी भएसम्मका लागि आइपीओ निष्कासन गर्न समस्या भएको नेपाल धितोपत्र बोर्डको भनाइ छ

सबैले मेरो शेयर लिन नसकेकाले नेपाल धितोपत्र बोर्डले निषेधाज्ञाको समयमा बैंकमा आइभिडभाड हुने भएकाले निषेधाज्ञाभरी आइपीओ निष्कासन अनुमति नदिएको बोर्डका प्रवत्ता निरज गिरीले बताए ।

‘कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावना भएकाले निषेधाज्ञा भर आइपीओ जारी नगर्न भनेका छौ,’ उनले भने, ‘सबै लगानीकर्ताले मेरो शेयर लिइ नसकेकाले बैंककमा भिडभाड बढने भएकाले आइपीओ निष्कासनका लागि यस्तो समय उपयुक्त होइन भनेका छौं ।’

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावना भएकाले मध्य भोटेकोशी जलविद्युत आयोजनाले स्थनियलाई जारी गरेको आइपीओ पनि बीचैमा रोकिएको जानकारी पनि गिरीले दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here