महामारीको कहरमा राजनीतिक ताण्डव

0
468

काठमाडौँ । प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा रातारात प्रतिनिधिसभा विघटन गरेर महामारीको मार खेपिरहेको मुलुकमा चुनाव गराउने घोषणाले सबैतिर आलोचनाको ग्राफ बढाइदिएको छ । प्रमुख दलका नेताहरु, राजनीतिज्ञ, तथा संविधानविदहरुले त राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त कदमको विरोध एवं चर्को आलोचना गरिरहेकै छन्, परन्तु आम सर्वसाधारणदेखि लेखक-विश्लेषक, डाक्टर, बुद्धिजीवी लगायतबाट चासो र चिन्ता व्यक्त भइरहेका छन् ।

सामाजिक सञ्जालमार्फत उनीहरुले आफ्ना धारण, टिप्पणी तथा छेडछाड सार्वजनिक गरिरहेका छन् । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादीका नेता डा बाबुराम भट्टराइले राष्ट्रपतिद्वारा घाेषित निर्वाचनप्रति शंका व्यक्त गर्दै भनेका छन्- ‘यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपञ्च हो। एकजुट होऊँ; प्रतिवाद गरौं !’

कांग्रेसका नेता गगन थापाले निरन्तर टिप्पणी गरिरहेका छन् । उनले पछिल्लाे ट्विटमा भनेका छन्, १४९ सांसदको ७६(५)बमोजिमको दावीलाई संसदमा परीक्षण नै नगरी राप र प्रमले संविधानको बर्खिलाप गरेको निर्णयविरुद्ध हामी अदालत गएनौं भने त फागुन ११ को सर्बोच्चकै फैसलाको अपमान हुन्छ । अत:राजनीतिक लडाइँसँगै हामी १४९ सांसद हाम्रो संवैधानिक हकको लागि अदालतमै उभिएर कानूनी लडाइँ लड्न तयार रहनुपर्छ ।’

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले विश्वासकाे मत समेत नलिएका प्रधानमन्त्रीले संसद विघटनकाे सिफारिस गर्न नमिल्ने बताएका छन् । उनले भनेका छन्- ‘देशमा महामारी छ। मान्छे मरिरहेका छन्। नागरिकहरू स्वयं औषधी, अक्सिजन, खानाको जोहो गरेर निसाहयलाई सहयोग गरिरहेका छन्। विदेशीहरु विमान चार्टर गरेर सहयोग लेराइरहेका छन्। सरकारचाहिँ यस्तो अवस्थामा अर्बौँ रूपैयाँ निर्वाचनमा खर्च गर्ने तयारी गर्दैछ ?‌’ news24nepal बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here