जनतालाई घर बाहिर निस्किन नदिन गृह मन्त्रालयको निर्देशन

0
247

आइतबार, ०९ जेठ २०७८

गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी एबं तिनै सुरक्षा निकायका प्रमुखहरुलाई जनतालाई घर बाहिर निस्कन नदिन परिपत्र गरेको छ ।

नेपाल प्रहरी,सशष्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई शनिबार गृह मन्त्रालयमा बोलाएर गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञालाई कडा पार्न निर्देशन दिएका हुन् ।

सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए लगत्तै गृहले सबै जिल्ला प्रशासन कार्यलयहरुलाई परिपत्र गर्दै कुनै पनि हालतमा मानिसलाई घरबाहिर निस्कन नदिन निर्देशन गरेको हो । गृहका प्रवक्ता जनकराज दाहालका अनुसार आज मन्त्रालयमा निषेधाज्ञाको हालसम्मको समीक्षा गर्दै थप प्रभावकारी बनाउन सचिवले निर्देशन दिएका हुन् ।

सरकारले केही दिन अघि ल्याएको कोभिड संकट व्यवस्थापन अध्यादेशको प्रभावकारी कार्यन्यनका लागि यस्तो परिपत्र गरिएको हो । उक्त परिपत्र अनुसार निषेधाज्ञाको उल्लंघन गर्नेहरुलाई जरिवान, होल्डिङ गर्ने सम्मको कानुन कार्यन्यनको र्निदेशन दिइएको छ ।

सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना गराउने, बिना काम बाहिर निस्कनेलाई दुईसय रुपैयाँ तिराउन सक्ने भनिएको छ । अनुमतिबिना वा बिरामी ओसारपोसार गर्ने बाहेक सवारी साधन चलाए कार्वाही गर्नसक्ने व्यवस्था पनि छ ।

यस्तो अवस्था दुईपांगे्रलाई २ हजार र अन्य सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना तिराउन सक्ने भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here