रेखा थापा भन्छिन – धैरेता धेरै भयो जनताले आफ्नो धैर्यताको सीमा तोड्नु पर्छ

0
391

देश यति बेला कोरोना महामारीको कारणले ग्रसित छ । दुई सातादेखि सरकारले लागु गरेको निशेध्यज्ञाको कारण जनजीवन प्रभावित बन्दै गइरहेको छ । सक्रंमणको सक्रंमित बढिरहेका छन् भने मृत्युको दर पनि बढ्दो छ ।

यो समयमा सरकारले अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल गर्न प्रतिबन्ध नै लगाएको छ । कोरोनालाई केही गरी पनि नियन्त्रणमा आउन सकेको छैन l आओस् पनि कसरी सत्ता हत्याउने र जोगाउने पुरानै खेलमा अल्झिएका छन् नेपालका बुद्धिजीवी भनौदाहरु l

जसले गर्दा आम जनतामा निराशा र आक्रोश पैदा भएको छ । सामाजिक सञ्जालमा मात्र नेता थर्काउन र तर्साउन बाहेक अन्य केही गर्न सकिँदैन l यसै क्रममा अभिनेत्री रेखा थापाले पनि मानव जाती र महामारीबिचको लडाइँमा आ-आफ्नो राजनीतिक स्वार्थका रोटी सेक्ने लाजमर्दो दौडधुप चल्नु दुखद रहेको बताएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here