प्रधानमन्त्री ओली भन्नुहुन्छ- अध्यादेश मार्फत बजेट आउछ

0
180

काठमाडौं – जेठ ९

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याइने बताएका छन् । आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले भने, १५ गते बजेट स्वभाविक रुपमा अध्यादेशबाट आउने हो ।

उनले अघि भने, बजेट सस्तो लोकप्रियता अथवा चुनाव सकिएपछि परिणाम आइसकेपछि यो सरकार बन्नुभन्दा अगाडि दूरगामी महत्वका जस्ता काम भएका थिए, त्यस प्रकारले देशको भविष्यप्रति गैरजिम्मेवार भएर आउँदैन ।

आफूले यसअघि नै घोषणा गरेका नीतिहरु कार्यान्वयन गर्ने र विकासलाई प्राथमिकता दिइने उनले बताए । तर यो वर्षको बजेट कोभिडमा केन्द्रित हुने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘यस वर्ष विकासका साह्रै ठूला आकांक्षा राख्दैनौं ।

पढेर प्रतिक्रिया दिनुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here